|  

वर्षाले पशु चिकित्सा स्नातक तह भर्नाको प्रवेश परीक्षा स्थगित

१२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कृषि, वागबानी र पशु चिकित्सा स्नातक तह भर्नाको प्रवेश परीक्षा स्थगित भएको छ ।

शुक्रबारदेखि अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको भन्दै त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीन कार्यालयले आजका लागि तोकेको प्रवेश परीक्षा स्थगित गरेको हो । अर्को परीक्षाका लागि पुनः सूचना निकालेर जानकारी दिइने निमित्त डीन एवम भर्ना समितिका संयोजक किशोर चन्द्र दाहालले जानकारी दिए ।