|  

कोशी ब्यारेज पुलमा सर्वसाधारणलाई आवतजावतमा रोक

१२ असोज, काठमाडौं । कोशी ब्यारेज पुलमा सर्वसाधारणको सुरक्षाका लागि आवतजावतमा रोक लगाइएको छ ।

अविरल वर्षाका कारण कोसीमा पानीको सतह बढ्दै गएको र जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले अस्याथीरुपमा सर्वसाधारणलाई आवतजावतमा निषेध गरेको हो । सवारी साधनलाई भने आवतजावत गर्द दिइएको छ ।