|  

उद्धार र राहतको कार्यमा संलग्न हुन पार्टीपंक्तिलाई देउवाको निर्देशन

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको अधिकांश भू-भागमा अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी भएको जनधनको ठुलो क्षतिप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो दुःख व्यक्त गरेका छन ।

देउवाले सम्पूर्ण पीडितहरूप्रति नेपाली कांग्रेसको तर्फबाट सहानुभूति प्रकट गर्दै यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन । यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरूले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रूपले ध्यान केन्द्रित गर्न उनले आग्रह गरेका छन् । सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न नेपाली कांग्रेसको तर्फबाट सरकारसँग उनको आग्रह छ । 

Asoj 12, Flood in nation