|  

चलिरहेका सबै परीक्षा रोक्ने सरकारको निर्णय

१२ असोज, काठमाडौं । सरकारले अहिले चलिरहेका सबै परीक्षाहरू रोक्ने निर्णय गरेको छ । आज (शनिबार) दिउँसो आकस्मिक रुपमा प्रधानमन्त्री कार्यालयमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

‘अहिले सञ्चालन भइरहेको परीक्षाहरू स्थगित गर्ने निर्णय भएको छ’, गुरुङले भने । उनले बाढी पहिरोमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको उनले बताए ।  देशभर अवरुद्ध भएका सडक सञ्जालहश खोल्नका लागि पनि भौतिक, पूर्वाधार मन्त्रालयले आवश्यक पहल गर्ने निर्णय भएको गुरुङले जानकारी दिए ।