|  

उद्दारका लागि तीन जिल्लामा सेनाको हेलिकप्टर पठाइयो

१२ असोज, काठमाडौं । गृह मन्त्रालयले प्राकृतिक विपद्बाट प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको छ ।

शनिबार दिउँसोपछि मौसम समान्य बन्दै गएपछि बाढी, पहिरो र डुबान पीडितको उद्दारका लागि सेनाको हेलिकप्टर काभ्रोपलाञ्चोक, मकवानपुर र सिन्धुली पाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

‘प्रभावित क्षेत्रमा मौसम प्रतिकुल हुँदा हेलिकप्टर पठाउन सकिएको थिएन ।’ उनले भने, ‘मौसममा सुधार आएपछि तीन वटा जिल्लामा सेनाका हेलिकप्टर पठाएका छौं ।’

सेनाको हेलिकप्टरले शनिबार काठमाडौं उपत्यका लगायत विभिन्न प्रभावित स्थानबाट उद्दार गरेको थियो ।