|  

नेपाल टेलिकमले ल्यायो दशैं अफर, यस्ता छन् सुविधाहरु

१३ असोज, काठमाडौं । नेपाल टेलिकमले दशैं, तिहार, छठ लगायतको अवसरमा चाडबाड अफर ल्याएको छ  ।

यस अन्तर्गत सहुलियत दरका भ्वाइस, डेटा, एसमएमएस तथा एफटीटीएचका प्याकेजहरू असोज १३ गतेदेखि कात्तिक २३ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । साविकका एफटीटीएचका प्याकेजहरूमा साविककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराइएको छ ।

५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डेटारकम्बो प्याकेजहरूमा क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्यान्डविथ कायम गरिएको छ । यसैगरी जीएसएम ग्राहकका लागि रु.७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डेटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज ल्याइएको छ ।

साथै रु. २५० मा  १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल र रु. ९९ मा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज  सञ्चालनमा ल्याइएको छ । यी प्याकेज खरिद गर्न मोबाइलबाट  *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम’ एप प्रयोग गर्न सकिनेछ ।