१४ असोज, काठमाडौं । क्यानडामा भइरहेको त्रिदेशीय टि–ट्वान्टी शृङ्खलामा नेपालले ओमानलाई हराएको छ ।
किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो । नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर एक बलमा एक सय ३९ रन बनाउँदै अल आउट भयो ।
ओमानका लागि सोयब खानले सर्वाधिक ४५ तथा रन बनाए । नेपालका करण केसीले तीन विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो ।
नेपालका लागि गुलशन झाले नट आउट रहँदै सर्वाधिक ४० रन बनाए । ओमानका कप्तान अकिब इल्यासले तीन विकेट लिए ।