१४ असोज, काठमाडौं । लेखा तर्फका ८० जना अधिकृत, कोष नियन्त्रक र आन्तरिक लेखा परीक्षकको सरूवा भएको छ ।
महालेखा नियन्त्रक कार्यालयले ४ सय १३ जना लेखापाल र १३ जना सहलेखापालको पनि सरुवा गरेको छ । यसअनुसार एकैपटक लेखामा ५ सय भन्दा बढी कर्मचारीको एकसाथ सरुवा भएको छ । यसअघि लेखाका २६ उपसचिवको पनि सरुवा भइसकेको थियो । अब विभिन्न मन्त्रालय, विभाग, आयोग तथा कार्यालयहरुमा नयाँ अधिकृत, लेखापाल र सहलेखापालहरु खटिएका छन् । लेखा समूहका कर्मचारीको सरुवा व्यवस्थापन महालेखाले नै गर्ने गरेको छ ।