|  

भू-राजनीतिक र रसाकसीमा भारत र चीन

विपिन देव ।

१५ असोज, काठमाडौं ।  वर्तमान भूराजनीतिक अवस्था औधोगीकरण, खुलाअर्थतन्त्र र भूमण्डलीकरणको उबज हो भन्ने जानकारहरुको बुझाई रहेको छ ।

सोभियत विघटन र पूर्वी यूरोपबाट साम्यवाद शासन प्रणालीको अन्तले गर्दा ९० को दशकमा संसारले एकपक्षीय (यूनीपोलर)संसारको नेतृत्व प्राप्त गर्यो । फुकुयामा जस्ता लेखकले इण्ड आफ हिष्ट्री जस्ता कालजयी कृतिको माध्यमबाट संसारमा संरक्षणवाद, साम्यवाद र एकतन्त्रीय शासन प्रणालीको अन्त्य भएको घोषणा गरेका थिए । तर २००८ को यूरोपको आर्थिक मन्दीबाट प्रचूर लाभ दिदै चीनले विश्व राजनीतिमा आफ्नो सामथ्र्य कायम गर्न सफल भयो ।

भूंमण्डलीकरण र खुल्ला अर्थव्यवस्था को पूर्ण रुपमा दोहन गर्दै विश्व व्यापार संघको सदस्यता समेत प्राप्त गर्दै चीनले अमेरिकाको एकल नेतृत्वलाई चुनौती दिन आवश्यक पूर्वाधार निर्माण समेत गरेको देखिन्छ । वदलिदो विश्व व्यावस्थालाई केही जानकारहरु द्विपक्षिय र केही जानकारहरु बहुपक्षिय संसारमा रुपमा व्याख्या गरेका छन् ।

भारतका पूर्व परराष्ट्र सचिव र अदभूत सामरिक जानकार शिवशंकर मेननले आफ्ना पुस्तक “ससियन जीओ पाल्टीक्स” मा वर्तमान विश्व वहुपक्षिय (मल्टीपोलर) देखिए तापनि द्धिपक्षिय (वाइपोलर) नेतृत्वले नै भू राजनीतिलाई प्रभावित गरेको कुरा जिकिर गरेका छन् । अर्थात धूव्रिकृत संसारमा अमेरिका र चीनको नेतृत्व बीच टक्कर देखिएको कुरा मेननले प्रष्ट गरेका छन् ।द्विपक्षिय नेतृत्व पनि भुराजनीतिक जटिलताका कारण परिमार्जित भइरहेको अवस्था देखिन्छ ।

रसिया यूक्रेन युद्ध, इजरायल हमास भिडतन्त्र र इजरायल लेवनान भिडन्त जस्ता परिघटनाले संसारमा द्धिपक्षिय नेतृत्व समेत कमजोर भइसकेको अवस्था देखिन्छ । अमेरिका, फ्रान्स, कतार, साउदी अरेबियाका दबाबका बाबजुद पनि इजरायल यूद्ध विराम गर्ने अवस्थामा देखिएको छैन । त्यस्तै संयुक्त राष्ट्र संघको कुनै पनि दबाब पुटिनको लागि प्रभावकारी सिद्ध भएको छैन ।यी परिवर्तन विश्व व्यवस्थामा चीन र भारत पनि आफ्नो सामरिक अभ्यासमा भूराजनीतिलाई प्रचूर मात्रामा प्रभावित गरेको देखिन्छ । मध्य एसियामा सहज वातावरण निर्माण गर्न इवराहिम एर्कोडको सिद्धान्त अनुरुप अमेरिकाले भारतको अगुवाइमा आए टु। यू. ट.(अमेरिका, भारत, यू.एई.इजरायल) को गढ बन्धनको अवधारणा अगाडी वढाएका थिए ।

चीनलाई अमेरिकाको मधयएशियामा नेतृत्व पाच्य भएको थिएन । प्रप्युत्तरमा चीनीया कुटनितिले मध्य एसियामा एक नयाँ संयन्त्र निर्माण गर्यो । अर्थात इरान, साउदी अरेबीया र यू। एई विच नयाँ गठबन्धन कायम गर्न चीनले एउटा नयाँ कुटनीतिक संयन्त्रको प्रयोग गर्यो । अर्का तर्फ भारतीय कुटनिति समेत मध्य एसीयामा सक्रिय रहेको देखिन्छ । सामाजिक , सांस्कृति र आर्थीक सम्बन्धले गर्दा मध्य एसियामा भारतको सम्बन्ध अब्बल रहेको छ ।मध्य एसियालाई अर्जुनदृष्टिमा राखेर “आए मेक” गुरुयोजनाको प्रस्तावना भारतले गरेका थिए ।

आए.मेक भन्नाले भारत, मध्य एसियामा र यूरोपेली कोरिडर बुझिन्छ । आए।मेक गुरुयोजनाको केन्द्रबिन्दुमा इजरायल रहेको छ । चीनले मध्य एसियामा इरानको सक्रियता र नेतृत्वलाई सम्बलता प्रदान गर्दछ । अर्कातर्फ इरान मध्य एसियामा रहेका हरेक लाडाका समूहहरुको अभिभावक रहेको देखिन्छ । ह्यास, हिजुबुल्ला र हुती जस्ता लडाकुका समूहहरु इरानबाट परिचालित भइरहेको कुरा विभिन्न जासुसी संस्थाहरुको सर्वेक्षण रहेको छ ।

इजरायलले हमास, हुर्ती र हिजुबुल्लाह सँग एक्लै संग्राम गरिरहेको अवस्था छ । इरान भौतिक रुपमा यी लडाकुहरुलाई सैन्य सहयोग गरेको खण्डमा अमेरीकी सैनिक समेत इजरायलको पक्षमा होमिने जानमा हरुको विष्लेषण रहेको छ । यस प्रतिकुल अवस्थामा एका तर्फ चीनले द्धन्दलाई सुस्नुप्त रुपमा बढाउन रणनीतिको साथ अगाडी बढिरहको छ भने भारतले द्धन्द शिथिलिकरणको पक्षमा आफ्ना कुटनीतिक संयन्त्रलाई अगाडी बढाइरहेको छ । विगत ३ महिनामा मोदी जेलन्सकी सँग तीन पटक भेट्नु र पुटिनसँग वार्ता गर्नु जस्ता परिघटनालाई द्वन्द्व शिथिलिकरणको कुटनितिको रुपमा ब्याख्या गर्न सकिन्छ ।

चीनको कुटनीति अमेरिकालाई हरेक वैश्वीक समस्यामा अलझाउनु हो । रुस यूकेन युद्धमा अमेरिका अलझिएको छ भने मध्य एसीयामा समेत अमेरिका अल्झिने सम्भावना देखिएको छ ।रुस युक्रेन युद्ध हुनु भन्दा पहिले पुटिन चीन यात्रा गरेर चीनको सदभाव पाएको विश्व समूदायलाई सन्देश दिन खोजेको थियो । युद्धताका नै राष्ट्रपति सी रुस यात्र गरेर रुसको नीतिलाई लालमोहर लगाएका थिए ।सन् १९७९ को मियतनाय युद्ध पश्चात चीनीया सेनाले युद्ध गरेो इतिहास छैन तर चीन हरेक संग्राममा पर्दाका पछाडीको खेलाडीको रुपमा हुन्छ ।

विश्व राजनीतिमा अमन, शान्ति र मानवकल्याणको प्रति उत्र्सग गर्ने चीनीया कम्युनिष्ट पार्टीको भाष्य रहेको छैन । अरेवियन सागरमा हुती लडाकाहरु मल बाहक सामुद्रिक जहाजमा आकमर्ज गर्दा चीनीमा जल सेनाले प्रतिकार र प्रतिवाद गरेको देखिदैन तर भारती जलसेनाले अन्तराष्ट्रीय कानुनको आधारमा लडाकुाहरु माथी लगाम लगाउन सैनीक कामवाण गरेको देखिन्छ । मोदी आफ्नो अमेरिकी यात्राको सिलसिलामा प्यालेष्टायनी नेता सँग भेटवार्ता गरेका थिए ।

अर्थात इजरायल हमास विच प्याल्यास्टायन सहजकर्ताको भूमिका खेल्न सक्दछ । संसारमा तानाशाह र कटरपन्थलाई संरक्षण गर्न चीनले इरान पाकिस्तान सहयोग गरिएको छ भने भारतले प्रजातान्त्रिक कित्तासँग आफ्नो सघनता र संलग्नता वढाइरहको छ ।