|  

आगो लाग्ने डरले बजारबाट ९७ हजार ईभी फिर्ता माग्दै बीवाईडी

१५ असोज, काठमाडौं ।  चीनको विद्युतीय सवारी निर्माता बीवाईडीले आगलागीको सम्भावना देखिएपछि करिब ९७ हजार गाडी फिर्ता बोलाउने भएको छ ।

बीवाईडीले (सेप्टेम्बर ३०) देखि ९६ हजार ७१४ डल्फिन (Dolphin) र युआन प्लस  (Yuan Plus)  मोडेलका ईभी फिर्ता बोलाउने भएको हो । चीनको बजार नियमन गर्ने ‘स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसन’ (एसएएमआर)ले जारी गरेको विज्ञप्ति अनुसार बीवाईडीले दुई समूहमा सवारी साधन फिर्ता माग गर्नेछ ।

यी सवारीको इलेक्ट्रिक पावर स्टेरिङ कन्ट्रोलरको निर्माण प्रक्रियामा समस्या देखिएको छ, जसका कारण क्यापासिटरमा साना दरार देखा पर्न सक्नेछन् ।

यसले सवारी चलाउँदा सर्ट सर्किट र आगलागीको जोखिम बढ्ने सम्भावना भएको बताइएको छ ।फिर्ता माग गरिएका गाडीहरू अन्तर्राष्ट्रिय बिक्रीमा गइसकेका छन् कि छैनन् भन्ने कुरा भने स्पष्ट छैन ।