|  

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा 

१५ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी आज साँझ रिहा भएका हुन ।  आजै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनीसँग दुईवटा मुद्दामा जनही ५०-५० हजार धरौटी माग गरेका थिए । प्रहरीको साइबर ब्युरोको उनलाई  असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो ।