|  

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

१६ असोज, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेका राउतबारे बुधबार संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेको थियो।

सुनुवाइ सकिएसँगै संसदीय समितिले भावी प्रधानन्यायाधीशमा राउत नाम अनुमोदन गरेको हो ।