|  

दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

१८ असोज, काठमाडौं ।  नवरात्रीको दोस्रो दिन शुक्रबार दशैंघर वा पूजा कोठामा ब्रह्मचारिणी देवीको पूजा-आराधना गरिँदै छ ।

दसैंको पहिलो दिन बिहीबार घरघरमा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ, गहुँ, मकै आदि छरी जमरा राखिएको थियो ।घटस्थापनाकै पहिरो दिन नव दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो ।

दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ।