|  

सडक अवरुद्धको असर पाथीभरा मन्दिरमा, नवरात्रमा पनि सुनसान

१८ असोज, काठमाडौं । हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ ।

हालैको बाढी र पहिराले  मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छ भने तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन् ।

बडादशैंको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगेका छन् । गत वर्ष सोही दिन एक हजार एक सय ४८ जना दर्शनार्थीले पूजार्चना गरेका थिए ।