|  

धावनमार्गमै विमानमा आगो लाग्यो, यात्रुको सकुशल उद्धार

१८ असोज, काठमाडौं । इटलीको ब्रिन्दसी विमानस्थलमा धावनमार्गमा उड्नै लागेको बोइङको विमानमा आगो लागेको छ ।

घटनाको समयमा र्यानएयरको उक्त यात्रुबाहक विमानमा १८४ जनाभन्दा धेरै यात्रु थिए ।विमानमा आगो लाग्दा कयौँ घण्टासम्म विमानस्थल अस्थायी रूपमा बन्द भएको ब्रिन्दसी विमानस्थलका प्रवक्ताले पनि पुष्टि गरेका छन् । घटनापछि सबै यात्रुको सकुशल उद्धार गरिएको बताइएको छ ।

विमान इटलीको टुरिन सहरतिर जाँदै थियो । विमानको पाङ्ग्राबाट धुवाँ आइरहेको क्याबिन क्रुले देखेपछि विमानको उडानमा ढिलाइ गरिएको भन्दै कम्पनीले एउटा विज्ञप्तिमा भनेको छ ।