|  

साउदी अरबमा १ हजार मिटर अग्लो भवनको निर्माण कार्य सुचारु

 १८ असोज, काठमाडौं । साउदी अरबमा हजार मिटर अग्लो जेद्दाह टावरको निर्माण कार्य सूचारु भएको छ ।

निर्माण पूरा भएपछि यो विश्वको सबैभन्दा अग्लो भवन हुनेछ । सात वर्षसम्मको गतिरोध पछि भवनको निर्माण कार्य सुचारु भएको हो । बुधबार निर्माण स्थलमा आयोजित एक समारोहमा भवन बनाउन लागेको स्रोतले जनाएको छ ।

कन्सोर्टियम कम्पनी जेद्दाह इकोनोमिक कम्पनी (जेईसी)ले भवन सन् २०२८ भित्रमा निर्माण सम्पन्न हुने बताएको छ ।  हजार मिटर (३ हजार २८० फुट) अग्लो यो भवनको निर्माण सन् २०१७ मा एक तिहाई पूरा भएको थियो ।