|  

रविलाई मतदाताको सुझाव -‘सहकारी ठगेको प्रमाण म सगँ छ भनेलाई मुद्दा हाल्नुस्’

१८ असोज, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खाली कागज देखाएर सहकारी ठग करार गर्न खोज्नेलाई मुद्दा हाल्न सुझाव दिएका छन् । 

चितवनको इच्चाकामना गाउँपालिकामा जारी सार्वजकि सुनुवाइको क्रममा एक मतदाताले  कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै लामछिानेलाई यस्तो सुझाव दिएका हुन् । 

व्यक्तिले सहकारी ठगेको प्रमाण भन्दै खाली कागज देखाएर संसद अवरुद्ध गर्नेले छानबिन समितिलाई प्रमाण दिन नसकेको बताए । ‘रवि लामिछानेले सहकारी ठगेको जसरी नै गरिमामय संसदमा घेराबन्दी गरेर , घोके फुलाइ फुलाई खाली कागज देखाएर, प्रमाण मसँग छ भनेर, संसदी छानबिकन समितिले तिमीसँग प्रमाण छ भने लेउ भन्दा खाली कागज देखाउने पात्रलाई किन मुद्दा हाल्नु हुन्न ?’ उनले भने , ‘तपाईँले अहिले त्यो खाली कागज देखाउने पात्रलाई मानहानीको मुद्दा हाल्नुभएन भने अन्य  मान्छेलाई अर्को पटक उसले फसाउन षडयन्त्र गर्न सक्छ । त्यसकारण हाम्रो आग्रह त्यो खाली कागज देखाउनेलाई मानहानीको मुद्दा हालियोस् ।’

उनले अन्य पार्टीका नेताहरुले वषौँसम्म केही नगरेको र रास्वपा आएकै  केही समयमै उल्लेख्य काम भएको बताउँदै गुनासो नरहेको बताए । 

जवफमा लामिछानले उनीहरु नै आफूलाई मुद्दा हाल्न अनेक उपाए खोजिरहेको बताए । साथै उनले सत्यको अगाडि कसैको केही नलाग्ने बताए ।