|  

बाढी-पहिरोले अझै यी मुख्य राजमार्ग अवरोध (सूचीसहित)

१८ असोज, काठमाडौं । यहि असोज १० गतेदेखि लगातार तीन दिन परेको वर्षाले देशभर मानवीय तथा भौतिक क्षति पु¥यायो ।

बाढी र पहिरोका कारण देशभरका अधिकांश राजमार्ग ठप्प बने । काठमाडौंसँग हरेक राजमार्गको सम्पर्क टुट्यो । दशैँको मुखमा आएको वर्षाले राजमार्ग अवरुद्ध हुँदा यतिबेला घर जाने यात्रु मारमा परेका छन् । चार्डपर्वको समय भएकाले जति सक्दो छिटो राजमार्ग खुलाउने प्रयास भइरहेको छ । दशैँको टिका अघिसम्म विपि राजमार्ग बाहेक अन्य राजमार्ग भने खुलाउने सरकारको तयारी देखिन्छ । हालसम्म लेले, टिकाभैरव जानेवाटो, मध्य पहाडी लोकमार्ग, अरनिको राजमार्ग, पृथ्वीलोक मार्ग सडकमा खसेको पहिरो पन्छाएर सडक एक तर्फ सुचारु गरिएको छ । तर सिस्नेरी सडक खण्ड, सिस्नेरी दक्षिणकाली सडक खण्ड, भिमफेदी कुलेखानी फाखेल काठमाडौं, कान्तिलोक पथ, विपि राजमार्ग, बाह्रविसे-तातोपानी सडक र रामेछाप-खुर्कोट सिन्धुली सडक पुर्ण रुपमा अवरोध छ ।