|  

सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेका रूबी खानको टोली प#क्राउ

१८ असोज, काठमाडौं । सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेका रूबी खानको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज दिउँसो ३ बजे सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुगेका रूबी खानसहित, ललिता थारू र गीता चमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  उनीहरुले ५८ दिनदेखि माइतीघर मण्डलामा धर्ना बस्दा वास्ता नगरेपछि प्रदर्शनीमा उत्रिएको बताएका छन् । निर्मला कुर्मीको हत्या आरोपिलाई कानुनी कारबाही हुनुपर्ने र अनुसन्धान अगाडि बढ्नुपर्ने भन्दै बाँकेका अभियन्ता रूबी खानसहित १४ जनाको टोली माइतीघर मण्डलामा धर्ना बस्दै आएका थिए ।