|  

भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तान भ्रमणमा जाने

१८ असोज, काठमाडौं ।  भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तान जाने भएका छन् । विद्रेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारतीय विदेशमन्त्री जयशंकरले पाकिस्तानको भ्रमण गर्ने जानकारी दिएका हुन् । जैसवालले भने, ‘परराष्ट्रमन्त्री शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन पाकिस्तान जानेछन् ।

 जयशंकरले पाकिस्तानको राजधानी इस्लामावादमा अक्टोबर १५ र १६ मा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनेछन् ।'

हाल भारतीय विदेशमन्त्री श्रीलंका भ्रमणमा रहेका छन् । श्रीलंकामा नयाँ सरकार बनेपछि उनी पहिलो पटक श्रीलंका पुगेका हुन् ।