|  

चिनियाँ कम्युनिष्ट पार्टीले बाढी पीडितलाई गरेको सहयोगमा काँग्रेस नेता पोखरेलको आपत्ति

१८ असोज, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले बाढी पीडितलाई गरेको सहयोगमा नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले आपत्ति जनाएका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीले बाढी पीडितलाई गरेको सहयोगमा नेता  पोखरेलले आपत्ति जनाएका हुन् । 

पोखरेलले विपद्को समयमा सहयोग स्वागतयोग्य छ तर यस्तो सहयोगलाई एकद्वार नीतिबाट स्वीकार गर्नुपर्ने बताए । 

नेपालका लागि चिनियाँ राजदूत चेङ सोङले शुक्रबार हालै आएको बाढी र पहिरोबाट प्रभावित घरपरिवारलाई १९ करोड ७० हजार रुपैयाँ बराबरको चामल, कम्बल, खाद्यान्न प्याकेजलगायतका राहत सामग्री नेपालका राजनीतिक दल मार्फत वितरण गरेका थिए । 

नेता पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्   ‘विपद्को समयमा सहयोग स्वागतयोग्य छ तर यस्तो सहयोगलाई एकद्वार नीतिबाट स्वीकार गर्नुपर्छ,’  ‘हाम्रा राजनीतिक दललाई प्रत्यक्ष सहयोग गर्ने अन्य देशका राजनीतिक दलका बारेमा हामीले समयमै सोच्नुपर्छ । भारत, युरोप र अन्य देशका सयौं राजनीतिक दलले हाम्रा राजनीतिक दललाई प्रत्यक्ष सहयोग गर्न थाल्यो भने के हुन्छ ?,’। 

बुधबार चीनको रेडक्रस सोसाइटीले नेपाल रेडक्रस सोसाइटीलाई विपद् राहत कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको थियो ।