|  

देशका विभिन्न स्थानमा ५ जनाको शव फेला 

१९ असोज, काठमाडौं । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ५ जना मृत भेटिएकी छन् ।

काठमाडौँ महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने बारा घर भएका ६५ वर्षीय नागेश्वर साह आफ्नै कोठाभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन ।  पाँचथर, फिदिम नगरपालिका-१२ भोटे गाउँस्थित भित्री सडकमा फालेलुङ गाउँपालिका-७ बस्ने ५५ वर्षीया देवी माया रिमाल (तामाङ) शुक्रबार मृत अवस्थामा फेला परेकी छिन ।

झापा, बुद्धशान्ती गाउँपालिका-३ गोस लाईन बस्ने ६९ वर्षीय धन बहादुर कुमाल सोही ठाउँस्थित सडक छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । धनकुटा, सहिदाभुमि गाउँपालिका-४ बस्ने २७ वर्षीय लुरे भन्ने ताईजन बिक सोही गाउँपालिका-४ खोकु नस्पती चोकस्थित सडक छेउमा गए राति  मृत अवस्थामा फेला परेका छन् । रूपन्देही, देवदह नगरपालिका-१२ सरदारपुरस्थित रोहिणी खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।