|  

भारतका मेजर जनरल चरणजीत सिंह देवगन नेतृत्वको टोलीको ६ दिने भ्रमण सम्पन्न

१९ असोज,  काठमाडौँ ।  भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाइएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्स नेपालको ६ दिने औपचारिक भ्रमण सम्पन्न भएको छ । भ्रमणका लागि असोज १४ गते काठमाडौं आइपुगेपछि उक्त भ्रमण सुरु भएको थियो ।

नेपालका लागि भारतीय रक्षा सहचरी कर्णेल वी सुब्रमण्यम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत गरेका थिए । जनरलले पोखराको पनि भ्रमण गर्दै त्यहाँ भूतपूर्व सैनिक र्‍यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरेका छन् ।

नेपाल भ्रमणका क्रममा उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको भ्रमण गरे । उनले हाम्रा वीर भूतपूर्व सैनिकको सेवामा ईसीएचएस नेपालको पहुँचलाई अझ अगाडी बढाउने कुरामा जोड दिए । 

नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल गर्न भ्रमणका क्रममा जनरलले नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गरेका थिए ।

मेजर जनरल चरणजीत सिंह देवगनले उनको सफल र फलदायी छ दिने नेपाल भ्रमण मिति २०८१ आश्विन १९ गते सम्पन्न गरेका हुन् । उनले दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरुको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावासस्थित रक्षा प्रभागका कर्मचारीहरुको प्रशंसा गरे ।

No description available.

No description available.

No description available.