|  

नवरात्री सुरु भएसँगै दक्षिणकाली मन्दिरमा दर्शनार्थीको भीड 

२० असोज, काठमाडौं ।  बडादशैं सुरु भएसँगै देशभरका शक्तिपीठहरूमा भक्तजनहरूको भीड लाग्ने गरेको छ ।

काठमाडौँ  उपत्यकामा रहेका विभिन्न शक्तिपीठहरू मध्ये दक्षिणकाली शक्तिशाली पीठका रूपमा प्रसिद्ध छ ।

नवरात्री सुरु भएसँगै  शक्तिकी देवी दक्षिणकालीमा पनि पूजा अर्चना गर्न दिनहुँ भक्तजनहरूको भीड लाग्ने गरेको हो ।