|  

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

२० असोज, काठमाडौं ।  साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।