|  

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त

२० असोज, काठमाडौं ।  सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् ।

 राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेका हुन् ।

उनलाई आजै शपथ गराउने तयारी राष्ट्रपति कार्यालयले गरेको छ ।