|  

बाढीपहिरोमा परेर घाइते भएकाहरूलाई निको नहुँदासम्म निःशुल्क उपचार गर्छौंः मन्त्री पौडेल

२० असोज, काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल बाढीपहिरोमा परेर घाइते भएकाहरूलाई भेट्न धुलिखेल अस्पतालमा पुगेका छन् ।

विपदमा परेर घाइते भएकाहरूसँगको भेटमा स्वास्थ्य मन्त्री पौडेलले निको नहुँदासम्म राज्यले निःशुल्क उपचार गर्ने बताए । 

‘बाढीपहिरो प्रभावित काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत बिरामीको निःशुल्क उपचार र सेवाको गुणस्तरबारे जानकारी लिँदै पूर्ण निको नहुँदासम्म सरकारले उपचार गर्ने प्रतिबद्धता मन्त्री पौडेलको छ,’ मन्त्रालयले भनेको छ।