|  

अभिनेता राजेन्द्र प्रसादकी छोरी गायत्रीको मृत्यु

२० असोज, काठमाडौं ।  तेलुगु अभिनेता राजेन्द्र प्रसादकी छोरी गायत्रीको मृत्यु भएको छ ।

३८ वर्षकी गायत्रीलाई शुक्रबार राति छातीमा दुखाई भएको थियो । त्यसपछि उनलाई हैदराबादको एक अस्पतालमा लगिएको थियो।

उनको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो। गायत्रीको एक छोरी साई तेजस्विनी छिन्। उनी बालकलाकार हुन्।