|  

स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’ ३ दिनमा कमायो २ करोड २५ लाख 

२० असोज, काठमाडौं । स्वस्तिमा खड्का र निश्चल बस्नेतको फिल्म ‘बेहुली फ्रम मेघौली’ ले ३ दिनमा २ करोड कमाई गरेको छ।

घटस्थापनाको अवसर पारेर बिहीबार रिलिज भएको फिल्मले पहिलो दिन ८० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको थियो। 
शुक्रबार पनि फिल्मले सुखद् कमाइ गरेको थियो । शनिबार फिल्मको व्यापार बिहीबार र शुक्रबारको तुलनामा अझ धेरै राम्रो देखिएको जनाइएको छ ।

शनिबार मात्रै फिल्मले १ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको हो। तीन दिनको कलेक्सन २ करोड २५ लाखभन्दा माथि पुगेको स्रोतले जनाएको छ  ।

फिल्ममा स्वस्तिमा र निश्चलका साथमा बसुन्धरा भुषाल, विजय बराल, सिम्ररन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरू विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको पनि अभिनय छ।