|  

गृहमन्त्री लेखक ललिततपुरको बाढीप्रभावित क्षेत्रमा

२० असोज, काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको वडा नम्बर–६ स्थित आनन्दवन अस्पताल, र गोदावरी–७ को माथिल्लो बुरुङचुलीमा मनसुनजन्य विपद्ले गरेको क्षतिबारे अवलोकन गरेका हुन् ।

उनले टिका भैरव र महालक्ष्मी नगरपालिकास्थित गोदावरी कुण्डको पनि अवलोकन गरे । मनसुनजन्य विपद्का कारण ललितपुरमा मात्र ४३ जनाले ज्यान गुमाएका छन् । ८ जनाको अवस्था अझै अज्ञात छ ।