|  

 यात्रुको चाप बढेसँगै अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट भैरहवामा यात्रु ओसार्दै नेपाल एयरलाइन्स

२० असोज, काठमाडौं । नेपाल एयरलाइन्सले न्यारोबडी जहाजमार्फत भैरहवा उडान गर्न अनुमति मागेको छ ।

एयरलाइन्सले फूलपातीको दिन काठमाडौँबाट भैरहवाका लागि चार्टर्ड उडान भर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको हो ।  यता प्राधिकरणले पनि अनुमति स्वीकृतिको प्रक्रियामा रहेको बताएको छ ।

न्यारोबडी जहाजले एक पटकमा १६० जना बोक्न सक्छ । यो जहाज क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । अहिले नियमित रूपमा उडान हुँदै आएका जहाजको क्षमता भने ७२ सिटको हुन्छ ।