|  

५ दिनमा ३ लाख ६४ हजारले उपत्यका छोडे  

२० असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं लागेसँगै पछिल्लो पाँच दिनमा तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका छोडेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यका छाड्ने मानिसहरूको संख्या बढ्दो रहेको जनाएको छ । तर विगतका वर्षहरूमा भन्दा यसपालि कम मानिस उपत्यका छाडेको देखिएको  कार्यालयले जनाएको छ ।

गत वर्ष सोही अवधिमा ८ / १० लाख जनाले उपत्यका छोडिसक्थे । यसवर्ष बाढीपहिरोले जताजतै सडक अवरोध भइरहने र वर्षा हुने भनिएकाले उपत्यका बाहिरिनेको संख्या कम छ । केही दिनमा उपत्यका छाड्नेको संख्या थप बढ्नेछ।