|  

कालो झण्डासहित प्रर्दशन गर्ने क्रान्तिकारी माओवादीका ६ कार्यकर्ता प#क्राउ

२० असोज, काठमाडौं । कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा सिंहदरबारको दक्षिण गेट अगाडिबाट ६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले ६ जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरेका हुन् । उनीहरुले बाढी पहिरो पीडितलाई सरकारले तत्काल राहत दिनु पर्ने र पुनस्थापना गर्नुपर्ने भन्दै कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए । प्रदर्शन गर्नेहरु मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्ताहरु रहेका छन्  ।