|  

डुबानका कारण बारामा ७७ करोड ६६ लाख भन्दा बढीको धानबालीमा क्षति

२० असोज, काठमाडौं । बारा जिल्लामा मात्र ६ हजार ४ सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबेर क्षति भएको छ ।

यही असोज १० देखि १२ गतेसम्म अविरल रूपमा परेको पानीसँगै खोलानालामा आएको बाढीले उक्त क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको हो । मधेस प्रदेशका ८ जिल्लामा ४२ हजार ६९ हेक्टर क्षेत्रमा धानबाली डुबानमा परेको छ । सोमध्ये बारामा मात्र कुल ६ हजार ४ सय ७२ हेक्टर डुबानमा पर्दा रु ७७ करोड ६६ लाख ४० हजार बराबर क्षति भएको अनुमान गरिएको छ ।

कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साहले डुबानमा कुन-कुन बालीमा के-कति क्षति भएको बारेमा किसानसँग तथ्याङ्क लिने काम भइरहेको जानकारी दिएका छन् । यस वर्ष कुल बर्खेधान ४६ हजार २० हेक्टर क्षेत्रमा रोपाइँ गरिएको थियो ।