|  

टिकटमा अंकित रकमलाई डिजिटल्ली एडिट गरेर बढी देखाइएको बुद्ध एयरको आरोप

२० असोज, काठमाडौं । बुद्ध एयरले हवाई टिकटमा अंकित रकमलाई गलत नियतका साथ केही व्यक्ति तथा समूहले डिजिटल्ली एडिट गरेर बढी बनाउने काम गरेको आरोप लगाएको छ ।

टिकटमा बढी रकम असुली गरेको भन्ने प्रचारबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै एयरलाइन्सले यस्तो आरोप लगाएको हो । एयरलाइन्सले आज सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ, ‘हवाई टिकटमा अंकित रकमलाई डिजिटल्ली एडिट गरेर बढी बनाइ रकम असुलेको गुनासोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

यात्रुहरूले टिकटको वास्तविक मूल्य बुझ्न एयरलाइन्सको वेबसाइटको टिकट स्टाटसबाट सजिलै चेकजाँच गर्न सक्ने कम्पनीले जनाएको छ ।