|  

दक्षिण बेइरुतमा हालसम्मकै खराब इजरेली बम हमला

२० असोज, काठमाडौं । दक्षिण बेइरुतमा गए राती सबैभन्दा खराब इजरेली बम हमलाहरू भएका छन् ।

लेबननको राजधानी भन्दा दक्षिणी भागमा ३० वटा भन्दा बढी हवाई हमलाहरू भएका थिए । एउटा भीषण गोलाकार आगोको लप्का बेइरुतको आकाशमा शनिवार राती देखिएको थियो । कतिपयले इन्धन डिपोमा हमला भएका कारण उक्त आगो देखिएको हुनसक्ने जनाएका छन । उक्त क्षेत्र खाली गर्न सर्वसाधारणलाई भनिएको छ । इजरेलले लेबननमा हिज्बुल्लाहविरुद्धको युद्धलाई तिव्रता दिएको छ । इजरेली डिफेन्स फोर्सले दक्षिणी सीमाबाट ३० वटा जति रकेट इजरेलको उत्तरी शहर किर्यात शमोनातर्फ प्रहार गरिएको उल्लेख गरेका छन् । हिज्बुल्लाहले चाहिँ आफ्ना लडाकुहरूले लेबननको गाउँमा घुसपैठ गर्न खोजेका इजरेली फौजलाई धपाएको उल्लेख गरेको छ ।

लेबननको स्वास्थ्य मन्त्रालयले गए राती देशका विभिन्न ठाउँमा भएका इजरेली हमलामा कम्तीमा २३ जनाको मृत्यु भएको र थप ९३ जना घाइते भएको जानकारी दिएको छ ।