|  

महिला टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई हरायो

२० असाेज, काठमाडौँ ।  जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १०६ रनको लक्ष्य पछाएको भारतले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।