|  

मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

२२ असोज, काठमाडौं । गोरखामा आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाविन्दुको शल्यक्रिया शिविरमार्फत १३ जनाको मोतियाविन्दुको सोमबार शल्यक्रिया गरेको हो ।

केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले शल्यक्रिया गरिएकामध्ये ६ जना महिला र ७ पुरुष रहेको जानकारी दिए ।

केन्द्रले गोरखा र पालुङटार नगरपालिका तथा बारपाक सुलिकोट र भीमसेन थापा गाउँपालिकामा आँखाका बिरामीको शल्यक्रिया शिविर सञ्चालन गरेको हो ।