|  

दैलेखमा हाईस दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु 

२२ असोज, काठमाडौं । दैलेखमा हाईस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।

मृत्यु हुनेमा चामुण्डाबिन्द्रसैनी नगरपालिका–१, का २२ वर्षीय युवा प्रकाश बुढा रहेका छन् ।

सुर्खेतबाट चामुण्डाबिन्द्रासैनीको चाल्ने चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बरको हाईस (एसएमएल)  सोमबार राति ९ बजेतिर दुर्घटना भएको हो ।

२३ जना यात्रु रहेको उक्त गाडीका बाँकी यात्रु भने सकुशल रहेका छन् ।