२२ असोज, काठमाडौं । देशभरि डेंगुका विरामीको संख्या १७ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्याङ्कअनुसार आजसम्म देशभर डेंगुका विरामीको संख्या १७ हजार ६ सय २ रहेको छ । इडिसिडीको विवरणअनुसार हाल जुम्लाबाहेक देशभर डेंगु संक्रमित भेटिएका छन् । इडिसिडीका अनुसार कास्की, काठमाडौंँ र तनहुँमा सबैभन्दा बढी विरामी रहेकव पुष्टि भएको छ ।
कास्कीमा २ हजार ७०९, काठमाडौँमा दुई हजार ५६७, तनहुँमा एक हजार ९५४, पर्वतमा १ हजार ४२१ जनामा डेंगुका विरामी रहेको पुष्टि भएको छ। त्यसैगरी, चितवनमा ९०७, गोरखामा ६२०, ललितपुरमा ६४६, बागलुङमा ५८९, भक्तपुरमा ३०८ र स्याङ्जामा २९६ जनामा डेंगुका विरामी भेटिएका छन् ।
प्रदेशअन्तर्गत गण्डकी, बागमती, लुम्बिनी र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगुका विरामी रहेको पुष्टि भएको छ । बागमती प्रदेशमा ५ हजार ५७१, कोशी प्रदेशमा १ हजार ४२२ जना डेंगुका विरामी पुष्टि भएको छ । यसैगरी, लुम्बिनी प्रदेशमा १ हजार १३५, कर्णाली प्रदेशमा २५१, मधेश प्रदेशमा ३४३‚ सुदूरपश्चिम प्रदेशमा ८१८ जना र गण्डकी प्रदेशमा ८ हजार ६२ जनामा डेंगु पुष्टि भएको छ ।