|  

आजदेखि ‘एआई’ युक्त आइफोन १६ सिरिज नेपाली बजारमा

२३ असोज, काठमाडौं । आजदेखि ‘एआई’ युक्त आइफोन १६ नेपाली बजारमा खरिद गर्न पाउने भएका छन् ।

एप्पल कम्पनीले ‘आइफोन १६’ सिरिज सार्वजनिक गरेको एक महिनापछि नेपाली बजारमा उपभोक्ताले किन्न पाउने भएको हो । 
९ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन १६ सिरिज सार्वजनिक भएको थियो ।

नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टका निर्देशक निकिता भिमसरियाका अनुसार आइफोन १६का सिरिजहरू इएमआई गरेर उपभोक्ताले नबिल बैंक र ग्लोबल आईएमई बैंकबाट किस्ताबन्दीमा लिन सक्ने छन् ।