|  

लगातार घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

२३ असोज, काठमाडौं । सुनको भाउँ आज पनि उच्च दरले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सुनको मूल्य घटिरहँदा स्थानीय बजारमा चाँदीको मूल्य पनि ह्वात्तै घटेको छ । सुनको मूल्यसँगै निरन्तर घटिरहेको चाँदीको मूल्य मंगलबारको तुलनामा प्रतितोला ४० रुपैयाँले घट्दै आज १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।