२३ असोज, काठमाडौं । वरिष्ठ गीतकार विश्व बल्लभको निधन भएको छ ।
केही दिनदेखि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको मस्तिष्कघातको उपचार भइरहेको थियो । बल्लभको पार्थिव शरीरलाई बुधबार दिउँसो १ बजेपछि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।
उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर बल्लभका सहोदर भाइ हुन् । तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीत बल्लभले नै लेखेका हुन् ।