|  

३७ देशका सेनालाई हराउँदै नेपाली सेनाले जित्यो स्वर्ण पदक

२७ असोज, काठमाडौं । यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक हात पारेको छ ।

विश्वका ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको हो । संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म उक्त अभ्यास भएको थियो । संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो ।

सन १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन २०१४ देखि भाग लिदैं आएको छ । दुई दिनभित्र हतियारसहित करिब ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइ तयारी, खबर सङ्कलन तथा घाइते-बिरामीको व्यवस्थापनलगायतका दक्षता परीक्षणका आधारमा मूल्याङकन सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले सन २०१७ र २०१९ मा समेत त्यस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको थियो ।