२७ असोज, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा भएको काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल भलिबल संघका पदाधिकारीले आइतबार त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपाली टोलीलाई स्वागत गर्दै टीका र जमरा लगाइ दिएका थिए । यस्तै संघका पदाधिकारीले खेलाडीहरूलाई दशैँको टीका समेत लगाइदिए ।
पहिलो पटक भएको काभा यु२० पुरुष भलिबलमा नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा नेपाल उज्बेकिस्तानसँग ३-१ को सेटमा पराजित हुँदै उपविजेता बनेको थियो ।