२८ असोज, काठमाडौं । पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा विषाक्त ग्यास चुहावट हुँदा ७ जनाको ज्यान गएको छ । भने चार जना घाइते भएका छन् ।
आइतबार दिउँसो साढे १ बजे ग्यास चुहावट भएको शौगुआङ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको ब्यूरोले जनाएको छ । साथै, दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।