२८ असोज, काठमाडौं । चर्चित फिल्म निर्माता निर्देशक एवम कलाकार निश्चल बस्नेतले आफु सिनेमा हालको विकल्पमा लागेको चेतावनी दिएका छन् ।
बस्नेतले निर्माण गरेको फिल्म बेहुली फ्रम मेघौली अहिले सिनेमा हलमा प्रदर्शन भइरहेको छ । दर्श्को राम्रो साथ पाइरहेको यस फिल्म अहिले तेस्रो सातामा प्रदर्शन भइरहेको छ ।
तर सिनेमा हलहरुले दर्शकको रुची नेपाली फिल्मप्रति हुदा हुदै पनि हिन्दी सिनेमालाई बढी शो दिएको भन्दै बस्नेतले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै अब हलको विकल्प खोज्न लागेको बताएका हुन् । उनले हिन्दी फिल्मप्रति दर्शनको रुची नहुदा पनि सिनेमा हलले हिन्दी फिल्मलाई शो दिइरहेको आरोप लगाएका छन् ।
उनले भनेका छन्- ' राम्रो प्रतिकृया , दर्शकको राम्रो साथ , राम्रो occupancy हुदापनि तपाईहरु चै त्यै हिन्दी फिल्मलाई नै Shows दिईराख्नु है, occupancy आलु हुदापनि । म चै हलको बिकल्प तिर लागें ।'
अहिले सिनेमा हलमा बस्नेतको यो फिल्मसहित छक्का पन्जा-५, घर ज्वाई र १२ गाउँ चलिरहेका छन् ।
बस्नेतको संकेत अब नेपाली फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तर्फ रहेको बताइएको छ । अहिले पनि विभिन्न ओटीटीमा नेपाली फिल्म रिलिज गर्ने गरिएको भए पनि त्यसको बजार विस्तार नहुदा सिमित दर्शकसम्म मात्र पुग्ने गरेको छ ।