|  

चितवन राष्ट्रिय निकुञ्जमा ३ महिनामा ६ गैँडा मरे

२८ असोज, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन् । साउन महिनायता ती गैँडा मृत भेटिएका हुन् ।

एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २१ वटा गैँडा मरेका थिए ।

जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी सिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको उनले बताए ।

पछिल्लो गणनाअनुसार नेपालमा एकसिङे गैँडाको सङ्ख्या सात सय ५२ रहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ गैँडा रहेका छन् ।