|  

असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा साढे २ करोड बराबरको तरकारी खेतीमा क्षति

२९ असोज, काठमाडौं । यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा साढे दुई करोड रुपैयाँ बराबरको तरकारी खेतीमा क्षति भएको छ ।

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायतका ठाउँमा तरकारी खेतीमा क्षति पुगेको हो ।

बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो । बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी खेतीमा क्षति गरेको स्रोतले जनाएको छ ।