|  

बढ्यो सुनचाँदीको मूल्य,कति पुग्यो तोलामा ? 

२९ असोज, काठमाडौं । साताको कारोबारको तेस्रा दिन आज (मंगलबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघको अनुसार आज छापावाला सुन तोलामा १४ सय रुपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।